तनहुँमा स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते

पोखरा न्यूज । तनहुँमा बिहीबार बिहान स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते भएका छन् ।

भीमाद नगरपालिका-७ को भित्री सडकखण्डमा सोही स्थानको अम्मर भूपू सैनिक  बोर्डिङको ग१क ४१६९ नं को बस अनियन्त्रित भई सडकमा पल्टदा नौ विद्यार्थी घाइते भएका हुन् । घाइते विद्यार्थीको स्थानीय बराम मेडिकलमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । उक्त घटनाको बारेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button