सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

पोखरा न्यूज संवाददाता । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ ।

होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ ।

यस्तो संकेत चिन्न निस्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल÷रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताउनुभयो ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टिएस लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताउनुभयो । यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा एम र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा आई लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बी एण्ड बी लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button