पोखरामा १५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । कास्कीको पोखरामा १५ जना सहित शुक्रबार गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९०१ पुगेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नं ४ का १ जना पुरुष, वडा नं ५ का १ जना महिला र १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना महिला र २ जना पुरुष, वडा नं १२ का १ जना महिला र ३ जना पुरुष, वडा नं १४ का १ जना पुरुष, वडा नं ३० का १ जना पुरुष र वडा नं ३१ क २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाको वडा नं ३ का १ जना पुरुष संक्रमित हुनुभएको छ ।

संक्रमितहरु मध्ये ८ जना कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माको भनाइ छ । त्यसैगरी ८ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button