लिगलिगे साइकल दौडको उपाधि सशस्त्रले हात पार्यो

पोखुा न्यूज । ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधि पुरुष र महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले हात पार्न सफल भएको छ ।

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी वल एपीएफका लक्ष्मण मल्लले जितेका छन । ५२.९ किलोमिटर दूरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै मल्लले लिगलिगे साइकल दौडको उपाधि हासिल गरेका हुन । त्यस्त त्रिभूवन आर्मी क्लबका हिमाल टमटाले निर्धारित दूरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै प्रतियोगितामा दोश्रो स्थान हासिल गरेभने त्रिभूवन आर्मीकै ओकेश राज बज्रचार्यले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । प्रतियोगितामा अनिल महर्जनले शान्त्वना स्थान हासिल गरे २ घण्टा ४१ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दे महर्जनले शान्त्वना स्थान सहित नगद १० हजार र मेडल प्राप्त गरे । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रोले क्रमश २५, २० र १५ हजार नगद र मेडल प्राप्त गरे ।

त्यस्तै महिला तर्फ सशस्त्र प्रहरी वल एपीएफका सोनी गुरुङले निर्धारित दुरी ५२.९ किलोमिटर २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गर्दै उपाधि हात पार्न सफल भइन । उपाधी संगै गुरुङले नगद २५ हजार र मेडल हात पारिन । प्रतियोगितामा नुवाकोटकी लक्ष्मी मगरले निर्धारित दुरी ३ घण्टा २ मिनेट ९ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गर्न सफल भइनभने गोर्खाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गर्न सफल भइन । त्यस्तै प्रतियोगितामा प्युठानका ह्युमेइ बुढा मगरले ३ घण्टा १२ मिनेट ५५ सेकेण्डमा पार गर्दै शान्त्वता स्थान हासिल गरिन । प्रतियोगितामा दोश्रो, तेश्रो र शान्तवना स्थान हासिल गर्ने खेलाडीहरुले क्रमश २०, १५ र १० हजार नगद र मेडल हात पार्न सफल भए ।

प्रतियोगितामा गण्डकी प्रदेश महिला तर्फ गोर्खाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा मगरले तेश्रो स्थान हासिल गरेभने पुरुषतर्फ कास्कीका सन्दीप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोश्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश. ५ हजार, तीन हजार र २५ सय नगद र मेडल हात पारे । प्रतियोगितामा पुरुष तर्फ ६२ र महिला तर्फ १७ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई पालुङटार नगरपालिकाका मेयर दीपक बावु कंडेल, उपमेयर पम्फा बसेल, नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मी, नेपाल साइक्लिङ संघको अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सन्जीव रानामगरलगायतले पुरस्कार राशि र मेडल प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button