पोखरामा १० करोडको लागतमा मार्ट संचालनमा

पोखरा न्यूज । पोखरामा १० करोडको लागतमा ‘सेभेन स्टार फुड एण्ड मार्ट’ सञ्चालनमा आएको छ ।

पोखरा-८ सिमलचौरका सात युवाले १० करोडको रुपैयाँको लागतमा सो फुड एण्ड मार्ट संचालनमा ल्याएका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शनिबार उक्त मार्टको शुभारम्भ गर्नुभएको छ । प्रमुख शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताउनुभयो ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीब पहारीले सात युवाको सामुहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो ।

अर्का प्रदेश सभा सदस्य विन्दुुकुमार थापाले कोभिड-१९ को कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेको अवस्थामा ७ युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो ।

उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामुहिक भावना भएका सात जना युवा साथीहरु मिलेर १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button