लेकसाइडका युवा फेवाताल सफाइमा जुटे

पोखरा न्यूज । पोखराको फेवाताल सरसफाइ गरिएको छ ।

युवा सङ्घ नेपाल वडा कमिटी पोखरा-६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा सरसफाइ गरिएको हो । ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।

बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा सङ्घ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कार्यक्रमकोे शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button