अर्थ व्यापारसमाचारसमाज

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

पोखरा न्यूज । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज र ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा र २५ ले वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button