तनहुँमा सवारी दुर्घटना हुँदा स्कुटर चालक युवाको मृत्यु

पोखरा न्यूज । तनहुँमा आइतबार बिहान ७.०० बजे मोटरसाइकल र स्कुटर ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तरगत शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा पाटनबाट पोखरातर्फ आउँदै गरेको  ग १३ प ६२५ नं.को स्कुटर र विपरीत दिशाबाट  जाँदै गरेको ग १९ प ३७०६ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक शुक्लागण्डकी-८ पाटन निवासी २२ वर्षीय सन्देश भट्टराईको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी-३ निवासी १७ वर्षीय अमृत श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button