पोखरामा दुई स्कुटर ठक्कर खाँदा चार जना घाइते

पोखरा न्यूज । पोखराको लेखनाथ स्थित आदर्शचोकमा दुई स्कुटर एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२९ आदर्शचोकमा आइतबार बिहान १०.०० बजे ग ११ प २७६५ नं.को स्कुटर र प्रदेश नं.२–०३–००१ प ५५० नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन् ।

दुई स्कुटर एक आपसमा ठोक्ँिकदा प्रदेश नं २–०३–००१ प ५५० नं को स्कुटर चालक पोखरा–२९ भण्डारढिक निवासी २४ वर्षीय सन्देश गुरुङ, सोही स्कुटरको पछाडि सवार पोखरा–२९ भण्डारढिक निवासी २१ वर्षीय अशिम तामाङ गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ग११प २७६५ नं को स्कुटर चालक पोखरा–२७ तालचोक निवासी ४५ वर्षीय केशव पराजुली र सोही स्कुटरको पछाडि सवार पोखरा–२७ तालचोक निवासी ८ वर्षीया स्मारिका पराजुली घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । उनीहरु चारै जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button