गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिताको तयारी तीव्र

पोखरा न्यूज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको आयोजनामा हुने प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता २०७७ को तयारी तीव्र पारिएको छ । यसैक्रममा प्रतियोगितालाई भव्य बनाउन जुरी निर्णायक कमिटी र प्राविधिक निर्णायक टिम चयन गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको बैठकले जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापति पराजुलीलाई चयन गरेको छ । जसको सदस्यमा पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङ रहनुभएको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसैगरी दोहोरीगीत प्रतियोगिता सम्पन्न गर्न ९ सदस्यीय प्राविधिक निर्णायक टिम समेत निर्माण गरिएको छ । जसको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी हुनुहुन्छ । यसैगरी संयोजकमा प्रतिष्ठानका केन्दी्रयसचिव जीवन दाहाल र सहसंयोजकमा प्रतिष्ठानका गण्डकी प्रदेश समितिका संस्थापा अध्यक्ष शंकर बिरही गुरुङ रहनुभएको छ । प्राविधिक निर्णायक टिमको सदस्यमा सरला पान्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापति सुबेदी र पार्वती जिसी रहनुभएको छ ।

फागुन २० गते भित्र जिल्लामा प्रतियोगिता सम्पन्न गरेर विजेता टिम फाइनल प्रतिस्पर्धाका लागि प्रदेशमा दर्ता गराउनुपर्ने सयम सीमा तोकिएको छ । यसरी जिल्लाबाट प्रतियोगितामा भाग लिने कलाकार सम्बन्धित जिल्लाकोनै हुनुपर्नेछ । जिल्लाले सिफारिस गर्दा कलाकारको नागरिकताको फोटोकपी समेत संग्लन गर्नुपर्ने अनिवार्य गरिएको छ । जिल्लाबाट आएको प्रतियोगी तथा प्रदेशको एक टिम गरेर कूल १० टिम बीच फागुन २५ गते भित्र प्रदेशले क्वाटर फाइनल खेल सम्पन्न गर्नेछ ।

यसरी क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेमा कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, गोरखा र नवलपुर जिल्लाबाट विजेता बनेको टिम तथा गण्डकी प्रदेशको एक टिम हुनेछन् । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्लाले भने सहभागिता नजनाउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यस अगाडि बृहत लोक सांस्कृतिक महोत्सवको रुपमा हुँदै आएको कार्यक्रमलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुन लागेको हो ।जिल्ला–जिल्लामा प्रतियोगिता संचालन गर्न आवश्यकताका आधारमा प्रदेश समितिले २५ हजार सम्म आर्थिक सहयोग गर्ने प्रदेश समितिले निर्णय गरेको छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवस ‘लोक दोहोरी दिवस’ अवसर पारेर फागुन २९ गते सेमीफाइनल र फाइनल प्रतिस्पर्धा गराई सोही दिन पुरस्कार वितरणसहितको समापन कार्यक्रम गर्ने आयोजकको तयारी छ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । यसैगरी द्धितीय हुने टिमलाई ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिमलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने गायिकाले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार स्वरुप पाउनेछन् । पछिल्लो समयमा प्रतियोगिताको आयोजना हुने क्रम घटेको समयमा आयोजना गरिएको यो कार्यक्रमले लोक दोहोरीको उद्गम स्थल गण्डकी प्रदेशमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button