प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न आग्रह

तिलु शर्मा पौडेल, दोहा कतार । देशको वर्तमान अवस्थामा मूल प्रवाहको राजनीति तरल हुँदै गएको समयमा विदेशमा रहेका विभिन्न संगठनहरू पनि एकता हुने र टुक्रिने क्रम जारी छ l पछिल्लो समय विवेकशील नेपाली दल र साझा पार्टी बिचको एकतापछि प्रवासमा सङ्गठन निर्माणलाई तीव्रता दिँदै २५ वटा देशमा उपस्थिति जनाई सकेको विवेकशील साझा प्रवास समितिका नेता सुरेश भट्ट आश्रिनले पछिल्लो समय देशका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका किङकर्तव्यविमुढ हर्कतको सामाजिक सञ्जालमा खरो टिप्पणी गर्दै आउनुभएकाे छ l भट्टले भन्नुभएकाे छ- “प्रधानमन्त्रीले पार्टीको स्वार्थपूर्तिका लागी प्रवासमा रहेर रगतपसिना सँग साटेको रेमिट्यान्स सडकमा कार्यकर्ता उतार्न प्रयोग गर्नू प्रवासी श्रमिकहरू प्रति उदासीन हुनू र उनीहरूलाई अपमानित गर्नू हो l”

विश्वभरका नागरिक कोरोना कहरबाट मुक्तिको लागी निकास खोजी रहँदा, प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर पशुपतिनाथ दर्शनको लागी जाने भन्दै जनतालाई झुक्याउँदै, सडकमा कोरोनाको खोप चाहिएको बेला र संविधानवादको पक्षमा उभिएकाहरू विरुद्ध प्रतिशोध साँध्न गरिएको नाटक मञ्चनले देश र जनता दुवै प्रति ओलीले खेलबाड गरेको उहाँको बुझाई छ l

प्रजातन्त्रदेखि लोकतन्त्र र गणतन्त्रका लागि पटक–पटक आन्दोलन भए। माओवादका नाममा बन्दुक उठाउँदा सोह्र हजार भन्दा बढीको ज्यान गयो। विविध मुद्दामा थुप्रै चोटि जनतालाई लडाइएको छ। अहिले पनि प्रधानमन्त्री स्वयं प्रधानमन्त्री नबनी केवल राजनीतिक दाउपेचमा देश र जनताको दोहन गरिएको छ। देश विकास र जनताको स्वास्थ्य उपचारमा खर्च गर्नुपर्ने राज्यको ढुकुटी कार्यकर्ता भरण-पोषणमा थुपारिएका छन्।

यी सबै आन्दोलनबाट आम नेपाली जनताले के पाए र जनतालाई सडकमा उरालेर राजनीति गर्ने नेताहरूले कति लाभ लिन्छन्? जनताको लाभ र नेताहरूको प्राप्ति लेखाजोखा गर्ने हो भने नाफा घाटा हामी सबैसामु छर्लङ्ग भएको उहाँको ठहर छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button