मोटरसाइकल दुर्घटना हुँदा बागलुङका युवाको मृत्यु

पोखरा न्यूज । पर्वत जिल्लामा सोमबार बिहान ७.०० बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

जलजला गाउँपालिका-८ खनियाँघाटमा ध १ प ८९५८ नं.को मोटरसाइकल अनियन्त्रित भई सडकबाट २२ मिटर तल खोँचमा खस्दा बागलुङ जिल्ला बागलुङ नगरपालिका-२ निवासी ३७ वर्षीय बाबुराम केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गरी गम्भीर घाइते केसीलाई उपचारको लागि बागलुङस्थित धौलागिरि अस्पताल लगिएको भएपनि उपचारकै क्रममा बिहान ८.०० बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button