गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा आजसम्म कोरोना संक्रमितको संख्या १५ हजार ९५५ पुगेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं १ का १ जना पुरुष, वडा नं ३ का १ जना पुरुष,वडा नं ४ का १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना महिला, वडा नं ११ का १ जना पुरुष, वडा नं १४ का १ जना पुरुष, वडा नं १५ का २ जना पुरुष, वडा नं १७ का २ जना महिला र १ जना पुरुष, वडा नं १९ का २ जना पुरुष, वडा नं २९ का १ जना महिलामा संक्रमण देखिएको हो । यसैगरी तनहँु जिल्लाको व्यास नगरपालिकाको वडा नं १ का १ जना पुरुष र बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं २ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

१२ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । ४ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको थियो । उहाँहरु सबैजनाको क्षयरोग उपचार केन्द्र पोखरमा परिक्षण गरिएको हो । १ जना संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरको फिभर क्लिनीकबाट पहिचान हुनेभएको हो । उहाँको प्रतिष्ठानमा परिक्षण गरिएको थियो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button