पर्वतमा जीप दुर्घटना हुँदा ३ घाइते

पोखरा न्यूज । पर्वत जिल्लामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

मोदी गाउँपालिका-५ अम्बोटस्थित कुश्मा-पोखरा सडक खण्डमा म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ग ३ च १०९ नं.को जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी जीपमा सवार म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा रहेका छन् ।

उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । जीपमा चार जना सवार रहेकोमा एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button