राजनीति बदलिनु पर्नेमा जाेड

पोखरा न्यूज । नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा विद्यार्थीहरु माझ भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनु पर्ने बताउनु भएको हो । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेको भन्दै उहाँले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताउनुभयो । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नुपर्ने उहाँको भनाई छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाईनाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा ३५/४० अर्ब नाफामा ल्याएको उहाँको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button