कृषिसमाचारसमाज

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

पोखरा न्यूज । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उहाँ स्थापित हुनुभएको हो । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरांै हुन्थे ।

विगतमा उहाँ नकै व्यस्त हुनुहुन्थ्यो चिराइतो सङ्कलन गर्न । तर आजभोलि उहाँ निकै फूसर्दिलो हुनुभएको छ । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उहाँले भन्नुभयो,“अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।” विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताउनुभयो ।

अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताउनुभयो । मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्नुहुन्थ्यो । अहिले उहाँको घरमा औषधिको लागि ६÷७ केजी मात्र छ । उहाँले चिराइतोको बजार नभएपछि व्यवसाय परिवर्तन गरिसक्नुभयो । त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोड्ेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताउनुभयो । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् ।

विगतमा एक मन चिराइतो रु दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताउनुभयो ।

ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताउनुभयो ।ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हँुर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताउनुभयो । कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ ।नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर अहिले कारोवार नभएको र नाकासम्म पु¥याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button