सर्वसाधारणका लागि कहिले खुल्छ रत्नमन्दिर र हिमागृह ?

पोखरा न्यूज । फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । तत्कालीन राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा रत्नमन्दिर दरबार निर्माण गर्नुभएको थियो ।

राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी दुई दरबार लेकसाइडमा घुम्ने धेरैले नदेखेको हुनुपर्छ । किनकी, फेवातालको बाराहीघाट गएका जो कोहीले पनि नेपाली सेनाको क्याम्प र ड्युटी बसिरहेका सैनिक देख्न सक्छन् । सेनाले सर्वसाधारणलाई भित्र छिर्न दिँदैनन्, सर्वसाधारण भित्र छिर्न पाउने प्रावधान ट्रष्टले बनाइसकेको छैन ।

अग्लो पर्खालबीच नेपाली सेनाका जवान ड्युटी बसेको ठाउँबाट रत्नमन्दिर जाने बाटो छ । त्यसभन्दा माथि सडक छ । सडकलाई पर्खाल बनाएर सेना बस्ने ३८ कोठे भवनले छेकिदिएको छ । यो दरबारभित्र छिर्ने अर्को गेट फेवातालमा माछापुच्छ्र्रे छाया हेर्न जाने बाटो बसुन्धारा पार्क जाने बाटोमा छ । यहाँ पनि गेटमै नेपाली सेनाले सुरक्षा दिएको छ । त्यसकारण, यो दरबारभित्र जानु त के बाहिरबाट पनि सर्वसाधारणले देख्न पाएका छैनन् ।

अहिले पर्यटकलाई विचरण गराउन यो खुला हुनुपर्ने आवाज उठिराखेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार आ–आफूले उपयोगमा ल्याउन पाउनुपर्ने अडान राखिरहेका छन् । हुनत् एक वर्ष अघिदेखि रत्नमन्दिर सर्वसाधारणका लागि शुल्क लिएर खुला गर्ने तयारी अन्तिम चरणमा भएको भनेर निकै प्रचार गरियो । सर्वसाधरण र पर्यटन व्यवसायीले पनि स्वागतयोग्य कदम भनेर प्रशंसा गरे, तर व्यवहारमा त्यो कार्यान्वयन भएन ।

पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्ने भनेर जिम्मेवार पदमा रहेका व्यक्तिले पटकपटक भन्दै आए । तत्कालीन नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको सहमतिसँगै भ्रमण वर्षमै सर्वसाधारणका लागि खुला गर्ने जानकारी दिनुभएको थियो । नेपाल ट्रष्टका तत्कालीन सचिव ठाकुरले पनि भ्रमण वर्ष २०२० लाई नै लक्षित गरेर रत्नमन्दिर खुलाउन तयारी गरिएको जानकारी गराउनुभएको थियो । “राजा वीरेन्द्र र उहाँको परिवारको सम्पत्ति नेपाल ट्रष्टमा आएसँगै सर्वसाधारणको हितका लागि यो सम्पत्तिको उपयोग गर्ने हो । यसैअनुरुप रत्नमन्दिर खुल्छ, सञ्चालनको अधिकार सबै नेपाल ट्रष्ट अन्तर्गतनै हुन्छ”,

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले रत्नमन्दिरको बारेमा पटकपटक आवाज उठाए पनि सम्बन्धित निकायले चासो नदिएको बताउनुभयो । “हामीले निकै लामो समयदेखि आवाज उठाउँदै आएका छौं, सबै नेता मन्त्री आउनुहुन्छ, अवलोकन गर्नुहुन्छ , आश्वासन दिएर जानुहुन्छ तर कार्यान्वयन हुँदैन”, उहाँले भन्नुभयो, “नेपाल ट्रष्टअन्तर्गत रहेका अन्य ठाउँका ऐतिहासिकस्थल सञ्चालनमा आएको तर पोखराको रत्नमन्दिर र हिमागृह सञ्चालनमा देखिएको सुस्तताले हामीमा केन्द्रीकृत मानसिकता नहटेको प्रष्ट हुन्छ ।”

उहाँले कोभिड–१९ ले शिथिल बनेका पर्यटनलाई चलायमान बनाउन नयाँनयाँ पर्यटकीय गन्तव्यको खाँचो औल्याउँदै अहिले रत्नमन्दिर खोल्नु निकै उपयुक्त हुने धारणा राख्नुभयो । “अहिले आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button