विद्यालयको गेट पल्टिदा च्यापिएर छात्राको मृत्यु

पोखरा न्यूज । नवलपुरको कावासोतीमा विद्यालयको गेट पल्टिदा च्यापिएर एक छात्राको मृत्यु भएको छ ।

कावासोती नगरपालिका-५ पश्चिमा टोलस्थित कालिका माविको गेट बिहान १०.४५ बजे पल्टिदा सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत कावासोती नगरपालिका-५ शितलनगर निवासी १० वर्षीया गमित्रा सिंजालीको मृत्यु भएको हो ।

गेटले च्यापिएकी गमित्राको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गेटले च्यापिएर सोही विद्यालयमा कक्षा ४ मा अध्यानरत ९ वर्षीय किस्मत ढकाल सामान्य घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button