राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा पूजा आरधना

पाेखरा न्यूज सम्वाददाता । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनु भएको छ । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उहाँको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उहाँले बताउनुभयो । यस कार्यका निम्ति ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताउनुभयो ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उहाँले बताउनुभयो । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नुभएको हो ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताउनुभयो । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उहाँको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागु औषध बर्जित गरेको पनि बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button