पोखरामा कार र मोटरसाइकल ठक्कर खाँदा युवक घाइते

पोखरा न्यूज । पोखराको सृजनाचोकमा बुधबार बिहान कार र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक युवक घाइते भएका छन् ।

पोखरा-८ सृजनाचोकमा ३-०१-०२४ च १३०६ नं.को कार र ग १८ प ५१२ नं.को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार पोखरा-८ सृजनाचोक निवासी २० वर्षीय उज्वल थापा घाइते हुनुभएको हो ।

घाइते थापाको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button