कास्कीको रुपाकोट रिसोर्टबाट मजदुर निश्काशन भएपछि काँग्रेसको बिरोध

पोखरा न्यूज ।  कास्कीको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेपछि मजदुरहरु आन्दोलित भएका छन् ।

एक श्रमिकलाई रिसोर्टले बिना कारण निकाला गरेपछि पुनरवहाली गर्नुपर्ने माग राख्दै मजदुर अगुवाहरु श्रम कार्यालय देखि प्रशासनसम्म पुगेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले कास्कीको रुपाकोट रिसोर्टमा कार्यरत श्रमिक हरिबहादुर थापाको वहालीको माग गर्दै बुधवार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।

युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अगुवाइमा रामजी कुँवर, कमल सापकोटा, रुद्र तिमिल्सिना लगायतको टोली ज्ञापन पत्र बुझाउन पुगेको हो ।

ज्ञापन पत्र वुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवश्यक छलफल गरी समस्याको समाधान खोजिने आश्वासन दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button