प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित : नेता गुरुङ

पोखरा न्यूज संवाददाता ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताउनुभएको छ ।

बुधबार नेकपा प्रचण्ड–माधव समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत् रहेको बताउनुभएको हो ।

संसद् सुरु भएपछि दलहरूका बिचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘पुुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रूपमा यथावत् रहेको छ । सदन सुरु भएपछि दलहरूको बिचमा आपसी सहमति, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’

सर्वोच्च अदालतको फैसला अनुसार संसद्को अधिवेशन बोलाउनै पर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उहाँले बताउनुभयो ।

प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेन्डाहरूमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

सर्वोच्च अदालतले संविधान र संसद्को रक्षा गरेको भन्दै नेताहरूले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि बताउनुभयो ।

संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button