बाँस्तोलाको मृत्यु स्वभाविक नभएर हत्या, प्रहरीको कमीकमजोरीमा पनि छानविन

पोखरा न्यूज ।  मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।

साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।

मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले घटनाको छानविनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानविन भइरहेको धारणा राख्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button