आजको राशिफल :२०७७ साल फागुन १३ गते, बिहीबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-फाल्गुन-१३, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २५, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः त्रयोदशी घ.प.२३ः१४ (१५ः५२), नक्षत्रः तिष्य घ.प. १३ः४१, योगः शोभन, करणः गण्ड, आनन्दादी योग : शुभ
चन्द्रमाः कर्कट, सूर्यः कुम्भ, अयनः उत्तरायण
सूर्योदयः ६ः३४
सूर्यास्तः १८ः१

आजको राशिफलः

मेष.  तपाईंको आजको दिनमा सुखद तवरले नै बित्ने देखिन्छ । आफन्तजन तथा साथीभाइसँग आत्मीयता बढ्नेछ । स्वास्थ्यमा राम्रो रहने छ । व्यपार व्यवसायमा उन्नति प्रगति हुने योग रहेको छ । सबैको राम्रो सहयोग तपाईंले पाउनुहुनेछ ।

वृष. तपाईंको आजको दिनमा परिश्रम गर्दा राम्रो प्रतिफल पाउने देखिन्छ । मानसम्मान प्राप्त गर्ने दिन रहदा गरेका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ ।

मिथुन. तपाईंको आजको दिन त्यति राम्रो छैन । आफन्त तथा इष्टमित्रबाट नै धोका हुने देखिन्छ । नयाँ काममा हात नहाल्नुनै बेश हुनेछ ।मनमा नैराश्यता छाउनेछ । नयाँ यात्रा नगर्दा नै उत्तम हुनेछ ।

कर्कट. तपाईंको दिनचर्या सुखमय तवरले बित्नेदेखिन्छ । अध्ययनमा प्रगति हुनेछ । सबैको साथ र सहयोग प्राप्त हुने हुदा हौसला बढ्नेछ । आर्थिक कारोबाट राम्रै हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुने योग रहेको छ । मिष्ठान्न भोजनको योग प्राप्ती रहेकोछ ।

सिंह. व्यवसायबाट राम्रो प्रगती हुने दिन रहेको छ । घरपरिवारको साथ सहयोगले गरेका कार्यहरु सहजरुपमा सम्पन्न हुने देखिन्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्य गर्नका लागि मन जाने देखिन्छ ।

कन्या.चारैतर्फबाट मानसम्मानको योग रहेको छ । मनोरञ्जनात्मक यात्रा हुने देखिन्छ । मन प्रफुल्लताका साथ दिन व्यतित हुनेछ । गरेका कामको सबैतिरबाट जसप्राप्ति हुनेछ । मन परेको सामाग्री उपहारको रुपमा पाइनेछ ।

तुला. तपाईंको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । नयाँ कामकारबाही नगर्दा नै राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुदा बोलीमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

वृश्चिक. उचित प्रतिफल प्राप्त गर्ने हुदा तपाइले गरेको व्यापार व्यवसायले खुसी दिने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरु प्राप्त हुनेछ । भोजन प्राप्तिको योग रहेको छ । मानसम्मानपूर्वक नै तपाईको दिन व्यतित हुने देखिन्छ ।

धनु.नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहीको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ । तपाईंका लागि आज राम्रो रहेको छ ।

मकर. तपाईंले गरेको काम सोचेअनुरुपमा नै सम्पन्न हुनेछ ।आर्थिक लात्र हुने देखिन्छ । गरेका कारोबारबाट प्रगती नै हुने देखिन्छ । साथीभाइसँग सम्बन्ध राम्रो हुनेछ । मन प्रफुल्ल हुने रहेको छ । काममा सन्तुष्टि आउनेछ ।

कुम्भ. चोटपटकको सम्भावना रहेकाले सावधानी अपनाएर नै अघि बढ्नुपर्ने देखिन्छ । तपाईको आजको दिनमा जस नपाउने हुदा बोलीमा होसियारी अपनाउनुपर्ने देखिन्छ । आर्थिक कारोबार गर्दा ध्यान पुर्याउदै सावधानीपूर्वक रहनुपर्ने देखिन्छ ।

मीन. मिष्ठान्न भोजनको योग रहेको छ । मान–सम्मान पाइनेछ भने अध्ययनमा रुचि देखिन्छ । प्रेमसम्बन्ध प्रगाढ हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नयाँ क्षेत्रमा मन जानेछ । समग्रमा तपाईंको आजको दिन सुखद रुपमा बित्ने योग रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button