ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु, ट्रक चालक फरार

पोखरा न्यूज । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा सडक दुर्घटनाका घटना वढेका छन् । लामो समयको लकडाउनपछिको यातायात संचालनसँगै सडक दुर्घटना पनि वढेका हुन् ।

सडक दुर्घटनामा परी देशभर दिनहुँ एक दर्जनको संख्यामा मृत्यु र त्यो भन्दा वढी संख्यामा घाइते हुने गरेका छन् । यसैक्रममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-११ बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button