इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

पोखरा न्यूज । इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ ।

राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उहाँले बताउनुभयो । यो क्रम केही समय चलिरहने उहाँको भनाइ छ ।

देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

“शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो,” राष्ट्रपति विडोडोले भन्नुभयो ।

इन्डोनेसियामा आमरूपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो ।

इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button