युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

पोखरा न्यूज । युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग भएको छ ।

हङ्गेरीमा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म लगाउन थालिएकाले चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो ।

प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताउनुभएको उल्लेख गर्नुभयो ।

झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उहाँले बताउनुभयो ।

युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना पनि गरेको समाचारमा जनाइएको छ ।

हङ्गेरीमा कोरोनाभाइरसका कारण अहिलेसम्म १४ हजार ५५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button