वाणिज्य बैंकको भौचर र छाप किर्ते गरेकाे अभियाेगमा पक्राउ

पोखरा न्यूज । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएकाे प्रहरीकाे भनाइ छ । तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button