लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

पोखरा न्यूज । लमजुङमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बेँसीशहर नगरपालिका-११ पटेनीमा ना५त २६२६ नं को ट्याक्टर सडकबाट ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालक बेँसीशहर नगरपालिका-११ निवासी ३० वर्षीय सन्तोष मिजारको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ट्याक्टरमा सवार बेँसीशहर नगरपालिका–११ निवासी ४० वर्षीय धु्रव परियार घाइते भएका छन् । परियारलाई उपचारको लागि लमजुङ अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले बताउनुभयो ।

ट्याक्टर लमजुङको दोर्दी गाउँपालिका-६ को काल्चेबेँसीमा रहेको लिड्को हाईड्रोपावरबाट चितीतर्फ जादै गरेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button