लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

पोखरा न्यूज । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका -८ स्थितबाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान -१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका -११ हडिया खोला स्थितमा शुक्रबार साझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button