आजको राशिफल : २०७७ साल फागुन १६ गते, आइतबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-फाल्गुन–१६, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको २८, २०२१, फाल्गुनकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः प्रतिपदा घ.प.१५ः४८ (१२ः५१), नक्षत्रः पू.फा. घ.प. ११ः३२, योगः धृति, करणः तैत्तिल, आनन्दादी योग : छत्र
चन्द्रमाः सिंह, सूर्यः कुम्भ, अयनः उत्तरायण
सूर्योदयः ६ः३२
सूर्यास्तः १८ः३

आजको राशिफलः

मेष. तपाईंको आजको दिन सुखद रहेको छ । सोचेका काममा सफलता प्राप्ति हुनेछ । मन प्रसन्नताका साथ दिन व्यतित हुनेछ । आर्थिक कारोबारमा व्यवसायिक सफलताका प्राप्ति हुनेछ भने अध्ययनमा मन जाने देखिन्छ ।

वृष. तपाईंको आजको दिन राम्रौ रहेको छ । आर्थिक क्षेत्रमा प्रगतीको सम्भावना रहेको छ । नयाँ व्यवसायमा मन जाँदा साथीभाइको सहयोगले मिल्नेछ । आँटेका र सोचेका काम सहजै पुरा गर्न सक्ने देखिन्छ ।

मिथुन. तपाईंको दिन राम्रै देखिन्छ । मन खुसी नै हुने हुदा जागृतिका क्रियाकलापहरु ब्ढेर जानेछन् । शुभ समाचारहरु सुन्न पाइनेछन् । सन्तानबाट सुख हुनेछ भने आँटेका कार्यहरु सहजै पूरा गर्न सक्ने सम्भावना रहेको छ ।

कर्कट. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । नयाँ आर्थिक कारोबारमा हात नहाल्दै राम्रो हुने देखिन्छ । स्वास्थ्यमा असर हुनेछ भने अध्ययनमा मन जाँदैन । आलस्यताका कारण कुनै पनि कामकार्यहरु सम्पन्न हुने देखिदैन ।

सिंह. तपाईंको आजको दिन राम्रो रहेको छ । सुखद यात्राको प्रबल सम्भावना रहेको छ भने दिन सफलताप्राप्तिका साथ बित्नेछ । आफन्त र इष्टमित्रको साथ सहयोग एवं हौसालाले उत्साह र उमङ्ग जाग्नेछ । नयाँ साथीको वृद्धि हुनेछ ।

कन्या. आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ । आर्थिक तथा व्यवसायिक कारोबारमा सफलता प्रप्ति हुनेछ । आजको दिनमा मनमा आनन्दी र शान्तिको महशुस गर्नुहुनेछ । आफन्तजनबाट नसोचेका समाचार वा पुरस्कार पाउने सम्भावना देखिन्छ ।

तुला. तपाईंको आजको दिन ठिकै रहेको छ । गरेका काममा सफलता प्राप्ति हुँदा मनमा आनन्दीको महशुस मिल्नेछ । साथीभाइको सहयोगले काम बन्नेछ । व्यवसायिक कामले सफलता दिनेछ भने स्वास्थ्यले पनि साथ दिनेछ ।

वृश्चिक. तपाईंको आजको दिन राम्रो देखिदैन । चोरीको आरोप लाग्न सक्ने हँुदा अति सचेत हुनुपर्ने देखिन्छ । खर्चको मात्रा बढेर जाँदा मानसिक चिन्ताले सताउनेछ । आफन्तबाटै धोका र असन्तुष्टिबाछ तिरस्कृत हुनुपर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाईंको आजको दिन सुखमय तवरबाट नै बित्ने देखिन्छ । सोचेका कार्यहरु र अड्केका कामहरु सहजै पुरा गर्न सक्ने योग रहेको छ । बोलीको प्रभाव रहेको छ । मनमा सोचेर बोल्नुभयो भने जस्तोसुकै काम पनि सहजै सम्पन्न गर्नुहुनेछ ।

मकर. तपाईंको आजको दिन मध्यम रहेको छ । आलस्यतापूर्वक नै दिन बित्नेछ । जस भन्दा पनि अपजसले मन नैराश्यतार्फ धकेलिनेछ । आफन्त तथा साथीभाइबाट धोकाको सम्भावना रहेको छ । आफ्नो मानप्रतिष्ठाप्रति अरुले धावा बोल्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

कुम्भ. आर्थिक क्षेत्र राम्रो देखिन्छ । नयाँ व्यवसायमा मन जानेछ । साथीभाइको सहयोगले अर्थ तथा लक्ष्मीप्राप्तिको सम्भावना पनि उत्तिकै रहेको छ । सोचेका काम सहजै पुरा गर्न सक्ने देखिन्छ भने स्वास्थ्यले राम्रै साथ दिनेछ ।

मीन. तपाईंको आजको दिन राम्रो देखिदैन । गरेका काममा सफलता भन्दा पनि असफलता हुने हुदा चिन्ता बढ्नेछ । स्वास्थ्यमा असर पर्नेछ । शत्रुले कुरा काट्नेछन् । मान्यजन तथा नजिकका व्यक्तिको सल्लाहलाई पनि एकपटक विचार गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button