पोखरास्थित घार्मीमा स्वास्थ्य चौकी भवन बन्यो

पोखरा न्यूज । पोखरा-१९ घार्मीस्थित लामाचौरमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ ।

संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन १ करोड ५० लाख  रुपैयाँको लागतमा निर्माण सम्पन्न भएकोे हो । उक्त स्वास्थ्य चौकीबाट बाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप,गाउँघर क्लिनिक, विरामी उपचारलगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिनुभयो ।

घार्मीमा स्वास्थ्य चौकी स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती कार्यक्रम तथा नवनिर्मित भवनको फागुन २१ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको पोखरा १९ का वडाध्यक्ष अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, जग्गादाता, स्वास्थ्य चौकी स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने वताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button