मुस्ताङमा एक व्यक्ति मृत फेला

पोखरा न्यूज । मुस्ताङ जिल्लामा आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

घरपझोङ् गाँउपालिका–३ स्याङ निवासी ४९ वर्षीय टिकबहादुर थकाली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ .३० बजे घरबाट निस्केका थकालीको खोजी गर्ने क्रममा आइतबार बिहान ८.३० बजे सोही वडास्थित ढोखाङ डाँडाबाट ५० मिटर दुरी तल मृत अवस्थामा फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button