पोखरामा चौथो वीरेन स्मृति १४ औं बिटी कप शुरु

पोखरा न्यूज । बुद्धटोल युवा क्लब बगरले पुरानो  टुँडिखेलमा ‘चौथोे वीरेन स्मृति १४ औं बिटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता शुरु भएको छ ।

क्लबका सल्लाहकार स्व. वीरेन गुरुङको स्मृतिमा आगामी २२ गते सम्पन्न हुनेगरी ‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकूद’ भन्ने नारासहित आइतबारदेखि खेल शुरु गरेको हो ।

नारायण गोपाल एजुकेशन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गरेको छ । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिकको योगदान दिए भने दीपक तामाङ र आटिया तामाङले समान १/१ गोल गरे ।

त्यस्तै दोस्रो खेलमा मयुर टाईन्म न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चाउथेको जीतमा कृष्ण गुरुङ र ईमोन छेत्रीले समान १/१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।

त्यसैगरी मिरुवा एफसी र फिटनेश ग्रुपबीच भएको अन्तिम खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा फिटनेश ग्रुप ४–३ गोल अन्तरले विजयी बन्यो ।यसअघि खेलमा फिटनेश गु्रपका लागि कुमार गुरुङ र टिविन गुरुङले समान १/१ गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङले दुई गोलको योगदान दिएका थिए ।

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक लामाले जानकरी दनुभयो ।

प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था समेत गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने छ, त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजारसहित ट्रफिले पुरस्कृत गरिनेछ । गुरुङका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ । कूल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सोमबार पहिलो चरणकै ९ खेल सञ्चालन गरिने बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button