स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय

पोखरा न्यूज सम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बैठक  फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको साे समूहका नेता विष्णु रिजालले जानकारी दिनुभएकाे छ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफुहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगसँग अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ । र साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सतेचत देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button