साउदीबाट आएका स्याङ्जाका पुरुष सुन जस्तो धातुसहित पक्राउ

पोखरा न्यूज संवाददाता। साउदीबाट आएका एक पुरुषलाई प्रहरीले पहेँलो धातुसहित पक्राउ गरेको छ ।

सुन जस्तो देखिने पहेँलो धातुसहित स्याङ्जा चापाकोट -६ का ४२ वर्षीय नगेन्द्र कुमार रानालाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हिमालय एयरलाइन्सको विमानबाट साउदीको रियादबाट आएका रानालाई प्रहरीले चेक जाँच गर्दा अवैध रूपमा ल्याएको ३ थान बाला र २ थान औँठी समेत गरी १ सय ६० ग्राम पहेँलो धातु फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

रानालाई आवश्यक अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button