पोखरा न्यूज । दुई ट्रक एकापसमा ठक्कर खाँदा दुवै ट्रकका चालकको ज्यान गएको छ ।
गए राति नवलपुर देवचुली -२ दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ७०२३ नं.को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३०११ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा दुवै ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति १२:१५ बजे भएको दुर्घटनामा ना ६ ख ३०११ नं.को ट्रक चालक पोखरा महानगरपालिका-१५ का अन्दाजी ५१ वर्षीय खिम बहादुर बि.क. तथा ना ७ ख ७०२३ नं.को ट्रक चालक चितवनका ३१ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको दुवैको मध्य बिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सह-चालकहरू जिल्ला दाङ बबई गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ३३ वर्षका घनश्याम खड्का र तनहुँ बन्दिपुर -३ का १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका छन् ।
उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution