तनहुँ प्रहरीले पक्राउ गर्यो फरार प्रतिवादी

पोखरा न्यूज । तनहुँ प्रहरीले मंगलबार बिहान ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको निर्णयले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएको जिल्ला शुक्लागण्डकी नगरपालिका-८ ढोरफीर्दी निवासी ६० वर्षीया  ज्ञानुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालीलाई तनहुँ स्थित उनकै घरबाट मंगलबार विहान पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button