स्याङ्जामा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

पोखरा न्यूज । स्याङजामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री बालिका गम्भीर घाइते भएकी छन् ।

सिदार्थ राजमार्ग अन्तरगत गल्याङ नगरपालिका-३ नयाँबजारमा चिन्नेपानीबाट वल्फुकतर्फ जाँदै गरेको लु ६ प २६४ नं.को मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गल्याङ नगरपालिका-८ निवासी १७ वर्षीया बालिका अस्मिता श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

दिउसो १२ बजे उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिका श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले दिनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button