रामकृष्ण ढकालको “मान्छे किन जन्मन्छ?” गीत सार्वजनिक

पोखरा न्यूज । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको “मान्छे किन जन्मन्छ?” बोलको गीत सार्वजनिक भएको छ ।

चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका हुन्। गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन्। अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

अल थ्रि मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित आफैले गरेका हुन् । भिडियो सम्पादन सन्तोष दवाडीले गरेका छन् भने कलरिङ्ग पदम तिमल्सिनाले गरेका हुन् । क्यामरामा प्रकाश गोपाली रहेका छन्। उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button