पोखरामा विरेन स्मृति बिटी कप, बुधबारदेखि दोस्रो चरणका खेल

पोखरा न्यूज । पोखरा–१ टुँडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

पोखराको पुरानो  टुँडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा मिमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाईभ दोस्रो चरणमा प्रवेश गर्याे ।

एम फाईभको जीतमा मिलन थापामगर र अस्वीन गुरुङले समान १ गोलको योगदान दिए भने भिमकालीको तर्फबाट सन्देश भण्डारीले सान्त्वना १ गोल फर्काए । त्यस्तै दोस्रो खेलमा बेगनासमाथी एसवाईसीले १–० गोल अन्तरले संघर्षपूर्ण जीत निकाल्यो ।

एसवाईसीको जीतमा अजय श्रेष्ठले निर्णायक गोल गरे । तेस्रो खेलमा जेवाईसी दीपलाई बेली बारले १–० गोल अन्तरले पराजित गर्याे । उक्त जीतमा सवीन घलेले निर्णायक गोल गरे । चौथो खेलमा गुँरास भूमिलाई सिमपानी एफसीले १–० गोल अन्तरले पाखा लगायो । सिमपानीको जीतमा सुनील तामाङले गोल गरे ।

अर्काे खेलमा ओटु बारले रामघाटलाई ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । ओटु बारको जीतमा सिङ्कमान तामाङले २ गोल सिद्धान्त गुरुङ र विनम गुरुङले समान १ गोल निकाले । भने रामघाटको लागि प्रदीप गुरुङले सान्त्वना २ गोल फर्काएका थिए ।

लालीगुँरास धम्पुस र बिन्स बकेट बीच भएको छैटो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ गोल अन्तरले बिन्स बकेटले जीत निकाल्यो । विष्णुपादुका हेम्जा र भ्याली स्पोर्टस् बीच भएको सातौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा २–० गोल अन्तरले हेम्जा विजयी बन्यो ।अन्तिम खेलमा कमलपोखरी टिम बीलाई एम टुवेलले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।

एम टुवेलको जीतमा अविनाश तामाङ र मनिस क्षेत्रीले समान २ गोल गरे । यस्तै मनोज गुरुङ र आकाश थपलियाले समान १ गोलको योगदान दिदै एम टुवेलले दोस्रो चरणको स्थान सुरक्षित गर्याे । बुधबार देखि दास्रो चरणका खेल हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विहान ८ बजे देखि खेल सुरु हुनेछ भने बुधबार कुल ८ खेल हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button