तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

पोखरा न्यूज । तनहुँमा बुधबार दिउँसो माछामार्ने क्रममा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

बन्दीपुर गाँउपालिका-४ डुम्रे खोलामा केन्द्रीय लाइनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा बन्दीपुर–४ का १५ वर्षीय बालक स्वरुप तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते तामाङलाई उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले  दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button