स्याङ्जामा भरुवा बन्दुकसहित एक युवा पक्राउ

पोखरा न्यूज । स्याङ्जाबाट बुधबार दिउँसो भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।

स्याङजा आँधिखोला गाउँपालिका-२ बसेवारी निवासी ४० वर्षीय दीपक सुनारलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । घरमा लुकाई छिपाई राखेको अबैध एक नाले भरुवा बन्दुक एक थान, बेरिङ तीन सय थान, बारुद बनाउन प्रयोग हुने सोडा पाँच सय ग्राम, फलामको टुक्रा १० थान, बारुद एक सय ग्राम, सिसाको छर्रा एक सय ८५ थानसमेत बरामद गरिएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकराी दिनुभयो । बन्दुक र सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button