बिटी कपमा कमलपोखरीको संघर्षपूर्ण जीत

पोखरा न्यूज । पोखरा-१ स्थित टुँडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटर फाइनलका सात खेल सम्पन्न भएका छन् ।

बुधबारको पहिलो खेलमा एवाईसी हेम्जालाई १-० गोल अन्तरले पराजित गर्दै संगम एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ । संगमको जीतमा वेलप्रसाद गुरङले निर्णायक १ गोलको योगदान दिए ।त्यस्तै दोस्रो खेलमा सिमपानी एफसीले फिटनेसलाई २-१ गोल अन्तरले सहज जीत निकाल्यो ।सिमपानीको जीतमा सुनिल तामाङ र कृष्ण क्षेत्रीले समान १ गोल गरे । भने फिटनेशको तर्फबाट किर्विनले सान्त्वना १ गोल फर्काए । पाटन एफसी र नयांगल्ली एफसी बीच भएको तेस्रो खेल १-१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्लीले ३-१ गोल अन्तरले पराजित गर्याे ।

त्यस्तै आयोजक निलो र चाउथे एफसी बीच भएको चौथो खेल गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा चाउथेले ३-२ गोल अन्तरले जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्याे ।पाँचौ खेलमा सत्य युवा क्लब बाँझापाटनले ओटु बारलाई ३-१ गोल अन्तरले पराजित गर्याे ।बाँझापाटनको जीतमा मन तामाङ, अजय श्रेष्ठ र उत्तम गुरुङले समान १ गोल गरे भने ओटुको तर्फबाट सिद्धान्त गुरुङले सान्त्वना १ गोल फर्काए ।

छैटौ खेलमा मालेपाटन एफसीले वेलीबारलाई २-० गोल अन्तरले हरायो । मालेपाटनको जीतमा सोम तामाङले २ गोलको योगदान दिए ।यसैगरी अन्तिम खेलमा कमलपोखरी क्लबले एलजी एशोसियशन माथि १-० गोल नतिजासहित संघर्षपूर्ण जीत निकाल्यो । कमलपोखरीको जीतमा पाहुना खेलाडी दिपेश आले मगरले निर्णायक गोल गरे । खेल संयोजक निकेश गुरुङका अनुसार बिहिबार ७ खेल सञ्चालन हुनेछन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button