मल अभाव हुँदैनः मन्त्री अर्याल

पोखरा न्यूज सम्वाददाता । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताउनु भएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताउनु भयो । आफूले मन्त्रालय सम्हाले पछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न हुनथाले पछि मलको समस्या हटेको बताउनु भयो ।

मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखान स्थापना गर्ने गरि काम अगाडी बढेको मन्त्री अयालले बताउनु भयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।

कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपूर्तिकाे प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button