नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

पोखरा न्यूज । नवलपुरमा बिहीबार गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका-१२ नयाँबेलाहानी निवासी ४४ वर्षीया फबिसरा विकको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । विकलाई बिहान ९.४५ बजे गैंडाले आक्रमण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button