ह्विल चियर तथा दृष्टि विहीन दौडको तयारी पूरा

पोखरा न्यूज । सफल पोखरा म्याराथन अन्तर्गत फागुन २२ गते शनिबार आयोजना हुने ह्विल चियर महिला तथा पुरुष र दृष्टिविहीन महिला तथा पुरुष दौडको अन्तिम तयारी पूरा भएको बताइएको छ ।

आयोजक संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार उक्त दौड अन्तर्गत ह्विल चियर महिला तथा पुरुषतर्फ १५ जना छन् भने दृष्टि विहीनतर्फ १२ महिला र ३३ पुरुषले नाम दर्ता गरेको जानकारी दिनुभयो ।

मञ्चद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाटमा दृष्टिविहीनको हकमा पोखा रंगशालाभित्र नै एक सय मिटरको दौड हुन्छ भने ह्विल चियर तर्फ रंगशाला भित्र नै चार सय मिटर दौड हुने बताइएको छ ।पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्र–छात्रा दौडको रुट परिवर्तन भएको मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गा स्थित मानवअधिकार चौतारामा पुगेर समापन गरिने मञ्चले जनाएको छ ।
त्यसैगरी २०७८ वैशाख ४ गते आयोजना हुने ५ किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, विपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर सस्था पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ । मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि उक्त रकम संकलनका लागि पूर्व राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरेको जानकारी दिनुभयो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button