बिटी कपमा प्रिक्वाटरका खेल सम्पन्न, शुक्रबार क्वाटरफाईनल

पोखरा न्यूज । पोखरा- १ पुरानो टुँडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा प्रिक्वाटरफाईनलका खेल सम्पन्न भएका छन् ।

बिहीबार पहिलो खेलमा सीमपानी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । त्यस्तै  सगम एफसी र सत्य युवा क्लब बाझाँपाटन बीच भएको दोस्रो खेल पनि गोलरहित निर्धारित समय सकिएपछि ट्राईबेकरमा संगम एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै बाझाँपाटनले जीत निकाल्यो ।

तेस्रो खेलमा विष्णुपादुका टिम बिलाई एम टुवेलले ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्याे । एम टुुवेलको जीतमा मनिस क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए ।

यसैगरी चौथो खेलमा बिन्स बकेटलाई मालेपाटन एफसीले १–० गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जीत निकाल्यो । मालेपाटनको जीतमा जेम्स गुरुङले निर्णायक गोल गरे । बाझापाटन टिम बि र रञ्जन मेमोरियल बीच भएको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा बाझापाटन टिम बिले २–१ गोल अन्तरले रञ्जनलाई पराजित गर्याे ।आयोजक सेतो र लाहाचोक एफसी बीच भएको छैटौं खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा आयोजकले ३–२ गोल अन्तरसहित जीत निकाल्यो ।

यसैगरी कमलपोखरी एफसी र फोर टु फाईभ बिच भएको अन्ति प्रिक्वाटरफाईनल खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै कमलपोखरी क्वाटरफाईनलमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि नयांगल्ली युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरिसकेको थियो । क्वाटरफाईनलका ४ खेल शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु हुनेछ भने सेमिफाईनल र फाईनल खेल शनिबार सम्पन्न हुनेछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button