प्रचण्ड-नेपाल समूहको पत्र संसद सचिवालयमा दर्ता

पोखरा न्यूज सम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ ।

प्रचण्ड-नेपाल समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराउनुभएको हो । सो समूहले संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ । पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उहाँलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराईएको बताउनुभयो ।

उहाँले भन्नुभयो“संसदीय दलका नेतासंगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाईसकिएको अवस्था छ । मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशन अनुसार संसदीइ दल चल्ने खालको विधि विधान भएको हुनाले त्यही अनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराईएको अवस्था छ ।”

अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको “जानकारी सम्बन्धी पत्रमा” ‘असंबैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंबैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थाामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तुतथ्यको विपरीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु’ भनिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button