तनहुँमा कक्षा-१० मा अध्ययनरत किशोरी १२ दिनदेखि सम्पर्कविहीन

पोखरा न्यूज ।  जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिनुभयो । “घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो”, उहाँले भन्नुभयो, “घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।”

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उहाँले बताउनुभयो । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उहाँले बताउनुभयो । उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ ।

गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button